प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
वैशाख २०८०
अबैध भन्सार चोरी छलीका सामानहरु पक्राउ
२०८०-०१-३०

कैलाली:- मिति २०८०/०१/३० गते कैलालीका बिभिन्न स्थानहरुबाट अबैध भन्सार चोरी छलीका सामानहरु प्रहरीले पक्राउ गरेको हो । जिल्ला कैलाली धनगढी उप-माहानगरपालिका २  फनपार्क स्थित भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी रु.५,०००।-  बराबरको अबैध भन्सार छलीका सुर्ति,सलाई लगायतका सामानहरु बेवारिसे अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी फेला पारी नियन्त्रणमा लिएको हो ।      यसैगरि,जि.कैलाली,धनगढी उप-महानगरपालीका ३ मिलन चोक स्थित अन्दाजी मुल्य रू ६,४००।- बराबरको गाजर,सिमला मिर्चा लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।       यसैगरि, ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली टीकापुर नगरपालीका वडा नं. ८ कालिमाटी स्थित अन्दाजी रु.३८,३००।–बराबरको पेय पदार्थ,सुर्ती,पानी पुरी,साईकल लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।       कञ्चनपुर:- शनिवार बिहान ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं. ०६ रिछा स्थित सडक छेउमा अन्दाजी मुल्य रु.१०,०००।– बराबरको पेय पदार्थ(डिऊ) लगायतको सामानहरु बेवारिसे अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । 

अबैध काठ सहित २ जना मानिस पक्राउ
२०८०-०१-३०

कैलाली:- मिति २०८०।०१।२९ गतेको साँझतिर ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिई गएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा जि. कैलाली जानकी गा.पा. ७ मुनुवा स्थित जि.कैलाली बर्दगोरिया गा.पा. ५ बस्ने बर्ष २६ को अनिल चौधरीले चलाएको से १ त ३२२३ नम्बरको ट्याक्टरमा जडान गरिएको सु.प.प्र.०१-००२ त ६१२६ नम्बरको ट्रालीमा लोड गरी मनुवाबाट दुर्गौली तर्फ लैजादैँ गरेको अबस्थामा फेला पारी चेकजाँच गर्दा साल जातको जस्तो देखिने कडी थान ६४ र फ्रेम थान २६ अबैध काठ र  उक्त ट्याक्टर रित पुर्वक बरामद गरि ट्याक्टर चालक अनिल चौधरी र ट्याक्टर धनि धन ब.बि.क.लाई प्रहरीले पक्राउ गरेको हो । निजहरुलाई आवश्यक कार्वाहीको लागि सवडिभिजन बन कार्यालय टिकापुर पठाएको हो । 

अबैध लागु औषध सहित मानिस पक्राउ
२०८०-०१-२९

कैलाली: मिति २०८०।०१।२८ गतेको साँझतिर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका २ त्रिनगर भन्सार नजिक जिल्ला कैलाली ध.उ.म.न.पा.७ मनेहरा बस्ने बर्ष २० को जगदिश कोलीलाई शंका लागी चेकजाँच गर्दा निज जगदिश कोलीको साथबाट नाईट्रोभेट २० ट्याबलेट, सहित नक थान १ फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।       यसैगरि,मिति २०८०।०१।२८ गते साँझतिर ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिई गएको प्रहरी टोलीले लम्कीचुहा न.पा. १ अछाम रोड स्थित लम्कीचुहा न.पा.१ बस्ने वर्ष २२ को उमेश शाही, ऐ. बस्ने बर्ष २४ प्रेम रावल र ऐ. बस्ने वर्ष २१ को डम्मर बि.क.लाई शंका लागी चेकजाँच निज डम्मर बि.क.को साथबाट १ ग्राम परिमाण भएको लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ फेला पारी उक्त लागु औषध बरामद गरी निजहरु तिनै जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।      यसैगरि,कञ्चनपुर;- मिति २०८०।०१।२८ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले भिमदत्त न.पा. १८ सालघारी स्थित ऐ.बस्ने बर्ष २७ को कमलेश गिरी र ऐ. बस्ने बर्ष २३ को पंकज चन्दको शरीरमा खान तलासी गर्दा कमलेश गिरीको साथबाट शुद्द तौल १.९७ ग्राम र पंकज चन्दको साथबाट ०.९४ ग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार चोरी छलीका सामानहरु पक्राउ
२०८०-०१-२९

कैलाली;- मिति २०८०।०१।२८ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली,जिल्ला प्रहरी कार्यालय कैलाली,ईलाका प्रहरी कार्यालय टिकापुर, ईलाका प्रहरी कार्यालय भजनी, ईलाका प्रहरी कार्यालय हसुलिया र अस्थायी प्रहरी पोष्ट जुगेडा कैलालीबाट खटिई गएको प्रहरी टोलीले कैलाली जिल्लाका बिभिन्न स्थानहरुबाट रु.६,९८,५००।–बराबरको अबैध भन्सार चोरी छलीका सुट कपडा,साडी,लेहंगा,बिडी,प्रतिबन्धित प्लाष्टिक,चकलेट,मिठाई,सुर्ती लगायत सामानहरुका साथै १ थान मोटरसाईकल समेत बेवारिसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।       यसैगरि,कञ्चनपुर; मिति २०८०/०१/२८ गते दिउसो ईलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.१० झलारी बजार नजिक  अन्दाजी मुल्य रु ३०,०००।–(तिस हजार) बराबरको पेय पदार्थ(जुस) वेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कार्बाहीको लागी प्रहरीले भन्सार कार्यालयमा पठाईएको हो ।

अवैध भन्सार चोरी छलीका सामान सहित मानिस पक्राउ
२०८०-०१-२६

कञ्चनपुर- मिति २०८०।०१।२५ गतेको दिउसोतिर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर भिमदत्त न.पा.५ सुकासाल स्थित अन्दाजी रु. २,६९,३५०।– बराबरको भारतबाट अवैध भन्सार चोरी छली गरि ल्याएका मिश्री,दाल,पेय पदार्थ,बदाम,बेसन लगायतका सामानहरु,मोटरसाईकल थान २,स्कुटी थान १ र साईकल थान २ सहित जिल्ला कञ्चनपुर भिमदत्त न.पा.वडा नं.५ बस्ने चन्द्र सुनार समेतका ५ जना मानिसहरुलाई प्रहरीले पक्राउ गरेको हो ।       यसैगरि, सोमबार दिउसो ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जि.कञ्चनपुर भिमदत्त न.पा.१० विद्युत कार्यालय अगाडी पुर्व पश्चिम राज मार्ग स्थित जिल्ला कञ्चनपुर भि.न.पा.५ बस्ने बर्ष २८ को महेश ठगुन्नाले म २ प २३८५ नम्बरको स्कुटीमा भारतबाट भन्सार छली गरी ल्याएको अ.रु.१,२६,७५० बराबरको मिश्री,स्कुटी,आलु,प्याज लगायतका सामानहरु बरामद गरी निज महेश ठगुन्नालाई समेतलाई प्रहरीले पक्राउ गरेको हो । उल्लेखित सामानहरु,सवारी साधन तथा मानिसहरुलाई आवश्यक कार्वाहीको लागी प्रहरीले भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा पठाएको हो ।            कैलाली:-मिति २०८०।०१।२५ गतेको साँझतिर अस्थायी प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले जि. कैलाली धनगढी उप-महानगरपालीका १ बालुवाघाट स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी मुल्य रु. ३,९२,०००।- (तिन लाख बयानब्बे हजार ) बराबरको पितलको पराद,कपडा,सुट पिस,साईकल लगायतका सामानहरु बेवारिसे अवस्थामा प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।  यसैगरि,कैलाली:सोमबार साँझतिर प्रहरी चौकी त्रिनगर कैलालीबाट खटि गएको प्रहरी टोलीले जि. कैलाली धनगढी उमनपा ३ मिलनचोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी रु. १४,०००।- बराबरको  चिनी, मैधा, नरिवल, खुर्सानी, गुलाव बेवारिसे अवस्थामा फेला पारी बरामद गरी  प्रहरीले नियन्त्रणमा लिएको हो ।          यसैगरि, कैलाली: मिति २०८०/०१/२६ गतेको दिउसोतिर सुदूरपश्चिम प्रदेश प्रहरी प्रहरी कार्यालय घनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले जि.कैलाली भजनी न.पा. ५ जवलपुर स्थित झुलुङ्गे पुल नजीक भारतबाट भन्सार छली गरी ल्याएको से.७ प.७५६४ न.को मो.सा.मा अन्दाजी रु. २,५०,०००।– बराबरको धोती, तकियाको खोल, लुङ्गी, लेडीज सुट, ब्लाउजको कपडा,मोटरसाईकल लगायतका सामानहरु बेवारीसे अवस्थामा फेलापारी बरामद गरी प्रहरीले नियन्त्रणमा लिएको हो । उल्लेखित सामान,सवारी साधनलाई आवश्यक कारवाहीका लागी प्रहरीले भन्सार कार्यालय कैलालीमा बुझाईएको हो ।

लागू औषध सहित मानिस पक्राउ
२०८०-०१-२६

कैलाली- मिति २०८०।०१।२५ गतेको दिउसोतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जि. कैलाली धनगढी उप-महानगरपालिका २ भवानीटोल स्थित ऐ.ऐ. बस्ने बर्ष ४५ को उत्तर शाहलाई  शंका लागी चेकजाँच गर्दा निजको साथबाट ९०० ग्राम लागू औषध गाँजा फेलापारी निजलाई  नियन्त्रणमा लिएको हो ।            यसैगरि,कञ्चनपुर:- सोमबार साँझतिर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले जि.कञ्चनपुर बेलौरी न.पा. ६ हात्तिबोझा स्थित ऐ.ऐ. बस्ने बर्ष २४ को अजबु रानालाई शंका लागि लागी चेकजाँच गर्दा निजको साथबाट ०.२० मि.लि.ग्राम लागु औषध खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरी निज अजबु रानालाई प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा मानिस पक्राउ
२०८०-०१-२६

डडेल्धुरा- मिति २०८०/०१/२५ गतेको दिउसोतिर जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी पोखराबाट संयुक्त खटिई गएको प्रहरी टोलीले जि. डडेल्धुरा अमरगढी न.पा. ७ जोशीगाँउ बस्ने तिर्थ राज जोशीको कुखुराको खाली खोर भित्र जुवातास खेली राखेको भन्ने सुचनाको आधारमा खटिई गएको  प्रहरी टोलीले नगद रु.३९,३९५, मोबाईल ४ थान र २ गड्डी तास सहित निम्न मानिसहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा राखी थप अनुसन्धान भईरहेको छ । निम्न१) जि. डडेल्धुरा अमरगढी न.पा. ७ बस्ने बर्ष ३८ को तेज कैनी ।२) ऐ.ऐ. बस्ने बर्ष ४० को खेम बोहरा ।३) ऐ.ऐ. बस्ने बर्ष ३३ को दिपक राज जोशी । ४) ऐ.ऐ. बस्ने बर्ष ३४ को प्रेम बोहरा ।

भन्सार छलीका समानहरु सहित मानिस पक्राउ
२०८०-०१-२४

कञ्नचनपुर- मिति २०८०।०१।२३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह, ईलाका प्रहरी कार्यालय बेलौरी,त्रिभुवनबस्ती कञ्चनपुर र प्रहरी चौकी भुडा कञ्चनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले जि. कञ्चनपुरको  बिभिन्न स्थानहरुबाट अन्दाजी रु.६४,३९०।- बराबरको मैदा, चिनि, सोडा, खाने तेल, फ्रुटी,गुट्खा, सुर्ति,स्याम्पू,नुन,नलकाको हत्ता, प्लाष्टिक, नटबोल्ट लगायत सामानहरु बेवारीसे अवस्थामा फेलापारी बरामद गरि आवश्यक कारवहीका लागी भन्सार कार्यालयमा बुझाईएको ।  कैलाली- जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट समेत खटिएको  प्रहरी टोलिले कैलाली जिल्लाको बिभिन्न वडा एरियाहरुबाट  जि.लक्खीमपुर खीरी भारत बस्ने बर्ष २३ को मुनेश अलीले अन्दाजी रु.१२,०००।– बराबरको मो.सा.को पाटपुर्जा र अन्दाजी रु. ४०,५००।- बराबरको चिनि, बेसन. जुत्ताको लक, जुत्ताको स्टीकर, टेक्नोटी पेनहरु बेवारिसे अवस्थामा फेला पारी बरामद गरी  आवश्यक कारवाहीका लागी भन्सार कार्यालयमा बुझाईएको हो ।

लागूऔषध सहित मानिस पक्राउ
२०८०-०१-२४

कैलाली- मिति २०८०/०१/२३ गते ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्ड कैलालीबाट खटिएको प्रहरी टोलीले जि. कैलाली टिकापुर न.पा. ९ खक्रौला स्थित जि. कैलाली लम्कि चुहा न.पा. २ मोतीपुर बस्ने बर्ष २६ को सागर घिमिरे र ऐ.ऐ. बस्ने बर्ष ३३ को प्रेम सुनारलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट ३ ग्राम ८० मिलिग्राम लागूऔषध खैरोहेरोईन फेला पारी निज दुबै जनालाई नियन्त्रणमा लिएको हो ।सोहि दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीका २ स्थित ऐ.ऐ. बस्ने वर्ष १८ की करिस्मा छेडाल र यज्ञ ओलीको घरमा लागुऔषध सेवन गररहेको अवस्थामा  ऐ.ऐ.बस्ने जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ बस्ने वर्ष २६ को यज्ञ ओली, ऐ.ऐ. बस्ने वर्ष २२ को सुरेन्द्र ओली र ऐ.ऐ. बस्ने वर्ष २४ को नरेश सिहंलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २८० मिलिग्राम खैरोहेरोईन फेला पारी  घरबेटी सिहित तिनै जनालाई  नियन्त्रणमा लिएको हो । यसैगरी शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा.३ त्रिनगर भन्सार ब्यारेल नजिक जिल्ला कैलाली गौरीगंगा न.पा.८ बस्ने बर्ष १९ को राममाया कुस्मीलाई शंका लागी चेक जाच गर्दा निजको साथबाट २ ग्राम ब्राउन सुगर फेलापारी मानिस सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।

अबैध भन्सार छलीका सामान सहित मानिस पक्राउ
२०८०-०१-२१

कैलाली- मिति २०८०।०१।२० गते अस्थाई प्रहरी पोष्ट बिशालनगर कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी रु.७,०००।- बराबरको  चिनी, प्लाष्टिक झिल्ली, स्याम्पु, बेबारीसे अवस्थामा फेला पारी बरामद गरि प्रहरीले आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको हो  । सोहि दिन ईलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली कैलारी गा.पा.४ स्थित भारतबाट अबैध रूपमा भन्सार छली ल्याएको अन्दाजी रु.१२,०००।- बराबरको बोईलर कुखुरा बेवारिसे अवस्थामा फेलापारी बरामद गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।यसैगरी मिति २०८०/०१/२१ गते जिल्ला प्रहरी कार्यालय कैलाली र स्थित प्रहरी चौकी त्रिनगरबाट खटिएको सयुक्त प्रहरी टोलिले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ पुरानो भन्सार रोड स्थित ऐ.ऐ. बस्ने बर्ष ३१ को तारा बोहराको घरमा भारतमा भन्सार छली गरी ल्याई  सामान लुकाई छिपाई राखेको छ भन्ने शंका लागि चेकजाँच गर्दा निजको घरबाट अन्दाजी रु.३४,५००।- बराबरको सुट, लेहंगा, धोती, बिडी फेला पारी बरामद गरी साथै जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ बस्ने  बर्ष ३१ को तारा बोहरा, .ऐ.ऐ. बस्ने बर्ष ३५ की अनुष्का देउवा र जिल्ला कैलाली चुरे गाउपालिका घर भई हाल ऐ.ऐ. डेरा गरी बस्ने बर्ष ४० की पुमसरा साउँदलाई  समेत प्रहरीले नियन्त्रनमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।कंञ्वचपुर- यसै गरी मिति २०८०।०१।२० गते  ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्नचनपुर र प्रहरी चौकी परासनबाट खटिएको  संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास न.पा. ११ स्थित  भारत  बाट भन्सार छलि ल्याएका अन्दाजी रु. ९,६९०।- बराबको कमला पसन्द,  पान मसला र अन्य सामान बेवारीसे अवस्थामा फेला पारी बरामद गरि प्रहरीले अवश्यक कारवाहीको लागी भन्सार कार्यालय कञ्नचनपुरमा बुझाईएको हो ।

लागूऔषध सहित मानिस पक्राउ
२०८०-०१-२१

कञ्नचपुर- मिति २०८०।०१।२० गते ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका वडा न. ५ स्थित  धनगढी बेलौरी सडक खण्डमा बेलौरीबाट  धनगढी तर्फ जादै गरेको प्रदेश नं. ३ - ०२-००१ प ११४८ नं.को मो.सा. चालक जिल्ला कैलाली ध.उ.म.न.पा. ६ बस्ने बर्ष २५ को प्रकाश राना, पछाडी सवार जिल्ला कञ्चनपुर बेलौरी  नगरपालिका वडा न. ६ बस्ने बर्ष १८ को सागर राना र जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को सुबास रानालाई  शंका लागी चेकजाँच गर्दा  निजहरुको साथबाट  ६०० मिलिग्राम लागूऔषध  खैरोहेरोईन फेला पारी मो.सा. सहित तिनै जानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०१-२०

कैलाली-  मिति २०८०। ०१।१९ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी  उप-महानगरपालिका ३ मिलनचोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी रु ५६,५००।– बराबरको मैदा, कुर्ता, साडी, चिनी, सरप, सुर्ति, सुपारी, तेल, लगायत अन्य सामानहरु बेवारीसे अवस्थामा फेला पारी बरामद गरी प्रहरीले आवश्यक कारवाहीको लागी भन्सार कार्यालय कैलालीमा बुझाईएको ।        यसै गरि सोहि दिन ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले  जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.१ बसपार्क स्थित अन्दाजी रु.९,४००।– बराबरको रिमोट, स्वीच बटन, रिसिभर बक्स सेट बेवारिसे अवस्थामा फेला पारी बरामद गरी  प्रहरीले आवश्यक कारवाहीको लागी  कैलाली भन्सार कार्यालय सत्तीमा बुझाईएको हो ।

फरार प्रतिवादी पक्राउ
२०८०-०१-२०

कैलाली- मिति २०८०/०१/१९ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालतबाट  बन मुद्दामा मिति २०७१/०२/०६ गतेको फैसलाले रु.७४११०।- जरिवाना भई फरार रहेका प्रतिवादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १४ बस्ने बर्ष ३७ को राज पुरीलाई निजकै घरबाट प्रहरीले पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको हो ।यसै गरि सोहि दिन ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले सम्मानित रुपन्देही जिल्ला अदालतबाट लागु औषध मुद्दामा मिति २०७५/०३/२४ गतेको फैसला अनुसार १ बर्ष कैद तोकी फरार रहेका प्रतिवादी जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.१ बस्ने बर्ष ३० को सुमन शाहलाई ऐ.ऐ. स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरी सम्मानित रुपन्देही जिल्ला अदालतमा पेश गरेको हो ।

लागूऔषध सहित मानिस पक्राउ
२०८०-०१-२०

कञ्चनपुर- मिति २०८०।०१।१९ गते साझँतिर ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले  जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं.-०६ स्थित भारतबाट नेपाल तर्फ आउदै गरेका म.२ प ४३६४ नं.को स्कुटी चालक जिल्ला कैलाली गोदावरी नं.पा. वडा नं. ०२ तेगरी बस्ने बर्ष २७ को अजय सोपले चलाएको स्कुटी पछाडी सवार जिल्ला कञ्चनपुर लालझाडी गा.पा वडा न.०४ जाई बस्ने बर्ष २३ को प्रकाश नाथ र ऐ.ऐ. बस्ने वर्ष २३ को दिपेन्द्र साउँद समेत सवार भई आउदै गरेको अवस्थामा निजहरुलाई शंका लागी रोकी चेकजाँच गर्दा निजहरुको साथबाट ०.४९ मिलिग्राम लागुऔषध खैरोहेरोईन फेला पारी स्कुटी समेत निज तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलीका सामान सहित मानिस पक्राउ
२०८०-०१-१९

कैलाली- मिति २०८०/०१/१७ गतेको साझँतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले  जि. कैलाली धनगढी उ.म.न.पा.३ मिलनचोक स्थित भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी रु. ५,०००।– बराबरको चिनी, सिल्वर पेपर र डाल्टा बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।         यसैगरि,सोहि दिन दिउसोतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोड स्थित ऐ.ऐ. बस्ने बर्ष २४ को अमन गुप्ताले नम्बर नभएको अटोमा भारतबाट भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी रु. १,२०,०००।- बराबरको कुर्ति, सरुवाल र सुट लगायतका सामानहरु बरामद गरी मानिस र अटो सहित प्रहरीले  नियन्त्रणमा लिएको हो ।            यसैगरि, मिति २०८०।०१।१८ गते दिउसोतिर प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले  धनगढी उमनपा २ मिलनचोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी रु. ८,५००।– बराबरको  चिनी,  सुपर पावर, विडी र झिल्ली बेवारीसे अवस्थामा फेला पारी बराबद गरी नियन्त्रणमा लिएको हो ।          यसैगरि, कञन्चनपुर- मिति २०८०।०१।१७ गते बिहानतिर ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर भिमदत्त न.पा.१० भुजेला पुल स्थित भारतबाट अवैध रुपमा भन्सार छली गरि ल्याएको अन्दाजी रु.१९,४००।– बराबरको  चिनि,बिष्कुट लगायत अन्य  सामान वेवारिसे अवस्थामा फेला पारी प्रहरी टोलीले बरामद गरेको  हो । उल्लेखित सामानहरु र मानिसलाई आवश्यक कारवाहीको लागी प्रहरीले भन्सार कार्यालयमा पठाएको हो ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-०१-१९

कञ्चनपुर- मिति २०८०।०१।१८ गतेको साझँतिर  प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले बेतकोट नपा ९ सुन्दरपुर स्थित ऐ. बस्ने बर्ष २९ को प्रकाश चन्द र ऐ. ६ सिसैया बस्ने बर्ष १८ को अभिशेक धामीलाई शंका लागी चेकजाचँ गर्दा निजहरुको साथबाट १.३७ मिलिग्राम लागूऔषध खैरोहेरोईन र ७.६२ लेखिएको साबुत गोली राउन्ड थान १ समेत फेला पारी निज दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।           यसैगरि,कैलाली- सोहि दिनको साझँतिर प्रहरी चौकी कनरी कैलालीबाट खटिएको प्रहरी टोलीले  धनगढी उप-महानगरपालीका ७ बेली बस्ने बर्ष २७ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ३९० मिलिग्राम लागूऔषध खैरोहेरोईन फेलापारी निजलाई प्रहरीले नियन्त्रणम लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलीका सामान सहित मानिस पक्राउ
२०८०-०१-१८

कैलाली- मिति २०८०/०१/१७ गतेको साझँतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले  जि. कैलाली धनगढी उ.म.न.पा.३ मिलनचोक स्थित भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी रु. ५,०००।– बराबरको चिनी, सिल्वर पेपर र डाल्टा बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।         यसैगरि,सोहि दिन दिउसोतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोड स्थित ऐ.ऐ. बस्ने बर्ष २४ को अमन गुप्ताले नम्बर नभएको अटोमा भारतबाट भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी रु. १,२०,०००।- बराबरको कुर्ति, सरुवाल र सुट लगायतका सामानहरु बरामद गरी मानिस र अटो सहित प्रहरीले  नियन्त्रणमा लिएको हो ।            यसैगरि, मिति २०८०।०१।१८ गते दिउसोतिर प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले  धनगढी उमनपा २ मिलनचोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी रु. ८,५००।– बराबरको  चिनी,  सुपर पावर, विडी र झिल्ली बेवारीसे अवस्थामा फेला पारी बराबद गरी नियन्त्रणमा लिएको हो ।          यसैगरि, कञन्चनपुर- मिति २०८०।०१।१७ गते बिहानतिर ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर भिमदत्त न.पा.१० भुजेला पुल स्थित भारतबाट अवैध रुपमा भन्सार छली गरि ल्याएको अन्दाजी रु.१९,४००।– बराबरको  चिनि,बिष्कुट लगायत अन्य  सामान वेवारिसे अवस्थामा फेला पारी प्रहरी टोलीले बरामद गरेको  हो । उल्लेखित सामानहरु र मानिसलाई आवश्यक कारवाहीको लागी प्रहरीले भन्सार कार्यालयमा पठाएको हो ।

लागूऔषध सहित मानिस पक्राउ
२०८०-०१-१८

कैलाली- मिति २०८०।०१।१७ गतेको राती सदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिई गएको सयुक्त प्रहरी टोलीले जि. कैलाली धनगढी उमनपा १० जुगेडा  स्थित ऐ.ऐ.७ बस्ने बर्ष २२ को प्रकाश रानालाई शंका लागि चेकजाँच गर्दा निजको  साथबाट १०० मिलिग्राम  लागू औषध खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसैगरि सोहि दिन सोहि स्थानबाट ऐ.ऐ.१० रानागाउँ बस्ने बर्ष १६ को संगम रानालाई शंका लागि चेकजाँच गर्दा निजको  साथबाट ११० मिलिग्राम लागू औषध खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।यसै गरि सोहि दिनको दिउसोतिर प्रहरी चौकी कैलालीगाउँ कैलालीबाट खटिएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा. १३ राजपुर खप्तड आयल नजिक ऐ.भजनि न.पा.६ घर भई सोही स्थानमा टायर मर्मतको पसल गरी बस्ने बर्ष २४ को अजय चौधरीको पसलमा शंका लागी चेकजाँच गर्दा निजको साथबाट १३० मिलिग्राम लागूऔषध खैरोहेरोईन  फेलापारी निजलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भन्सार छलिका सामान बरामद
२०८०-०१-१४

कञ्चनपुर- मिति २०८०/०१/१४ गते ईलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी टेडुवा कञ्चनपुर बाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी न.पा. २ स्थित  अन्दाजी  रु. १६,०००।- बराबरको  चिनि, सनसिल्क स्याम्पु, दालमोट र पुरानो साईकल बेवारीसे फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालयमा बुझाईएको ।कैलाली- यसै गरि मिति २०८०/०१/१३ गतेको जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरी टोलीले जि.कैलाली धनगढी उप-महानगरपालिका १ बसन्त टोलस्थित भारतबाट भन्सार छलि ल्याएको अन्दाजी  रू.७१,०००।- बराबरको  कुर्ता,  सुरुवाल, लेगिज, फराक, तन्ना, जुत्ता र कुर्ती  बेबारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय कैलालीमा बुझाईएको ।सोहि दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरी टोलीले कैलाली धनगढी उ.म.न.पा.३ चटकपुर स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी  रू. ४,०००।-  बराबरको बिडी,  सुपर पाबर सुर्ति,  सुर्ति र प्लस्टिकको गिलास बेबारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय कैलालीमा बुझाईएको ।यसै गरि सोहि दिन  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुहबाट खटीएको प्रहरी टोलीले जि. कैलाली धनगढी उ.म.न.पा. ३ मिलनचोक स्थित गोदावरी न.पा १ अत्तरीया बस्ने बर्ष ४० की बिस्ना भट्टले भारतबाट भन्सार छलि गरी ल्याएको अं. मुल्य रू.४१,५००।- बराबरको साडी,  सुट,  पिस, कुर्ति, बच्चाको हाप कट्टु, भेष्ट, बच्चाको फराक, बच्चाको कट्टु, र आन्टी बरामद गरी निजलाई समेत  सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागूऔषध सहित मानिस पक्राउ
२०८०-०१-०९

मिति २०८०/०१/०८ ईलाका प्रहरी कार्यलय झलारीबाट खटिएको प्रहरी टोलीले जि. कंञ्चनपुर शुक्लाफाटा नगरपालिका वडा न.५ बनसमिति स्थित पुर्ब पश्चिम राजमार्गमा शंकास्पद रुपमा पैदल हिडि रहेका जिल्ला कञ्चनपुर शुक्लाफाटा नगरपालिका ५ बनसमिति बस्ने बर्ष १८ को शुनिल बोहोरा, जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका २ बस्ने बर्ष १९ को बसन्त जोशि, भारत बरेलि कान्द्रापुर बस्ने बर्ष २३ को हनमोल गुप्ता र ऐ. चनहिटिग्राम बस्ने बर्ष २२ को रुपेन्द्र मौरीया समेतलाई  रोकि चेकजाँच गर्दा निजहरुले बोकेको कालो रङको झोला भित्र २ kg ००४ gram लागु औषध (चरेस) र नगद रु. २८,५००।- (अठ्ठाईस हजार पाँच सय) नेपाली रुपैँया समेत फेलापारी निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०१-०९

कैलाली:- मिति २०८०।०१।०८ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालतको मिति २०७८।७।१२ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १२ दिन कैद र रु.१०,०००।- जरिवाना भई फरार रहेको  प्रतिबादी जिल्ला कैलाली धनगढी उप-महानगर पालीका १७ बस्ने बर्ष २४ को सुरेश चौधरीलाई निजको घरबाट पक्राउ गरी आवश्यक कारबाहीका लागी सम्मानित कैलाली जिल्ला आदालतमा दाखिला गरेको ।कञ्चनपुर:- मिति २०८०।०१।०८ गते जिल्ला प्रहरी कार्यालय कंञ्चनपुरवाट खटिएको प्रहरी टोलीले सम्मानित कञ्चनपुर जिल्ला अदालतबाट मिति २०७७।०९।०७ गतेका फैसलाले १ महिना ९ दिन कैद सजाय तोकी फरार रहेका ला.औ.मुद्धाका प्रतिबादी सुरेश रानालाई ऐ.ऐ.४ बाट पक्राउ गरी सम्मानित कञ्चनपुर जिल्ला अदालतमा पेश गरेको । 

अवैध भन्सार छलिका सामान वरामद
२०८०-०१-०९

कञ्चनपुर- मिति २०८०।०१।०८ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कंञ्चनपुर भिमदत्त न.पा. ४ बैजनाथ मन्दिर नजिक अ.मुल्य ३००००।- (तिस हजार) बराबरको २ कुन्टल पेडा  वेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी बुझाएको । कैलाली- मिति २०८०।०१।०९ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा. १३ राजपुर चोक स्थित अं. मुल्य  १०,५००।- बराबरको भारतबाट भन्सार छलि ल्याएको ८५ प्याकेट सुपर पावर सुर्ती बेबारीसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा पठाएको ।

फरार प्रतिबादी पक्राउ
२०८०-०१-०५

बझाङ्- मिति २०८०।०१।०४ गते जिल्ला प्रहरी कार्यालय बझाङ्वाट खटिएको प्रहरी टोलीले जिल्ला बझाङ बित्थडचिर गा.पा.२ बस्ने चोरी मुद्दाको फरार प्रतिबादी बर्ष ३५ को राम बहादुर बोहरालाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बझाङमा बुझाईएको ।कैलाली- मिति २०८०/०१/०४ गते ईलाका प्रहरी कार्यालय टिकापुर बाट खटिएको प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालतबाट मिति २०७४/०२/०९ गतेको फैसलाले रु.९३,३३३।- जरिवाना तोकी बन मुद्दामा फरार प्रतिवादि  रहेका जिल्ला कैलाली साविक पहलमानपुर गा.वि.स. वडा नं. ६  हाल ऐ. घोडाघोडी नगरपालिकावडा नं. ११ जवलपुरबस्ने बर्ष २८ को बिजय कठरियालाई टिकापुर नगरगपालका  बसपार्क स्थित  फेलापारी आवश्यक  कारवाहीका सम्मानित कैलाली जिल्ला अदालतमा भुझाईएको । 

भन्सार छलीका समान बरामद
२०८०-०१-०५

कैलाली- मिति २०८०/०१/०४ गते सु.प.प्र.प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान  समुह र प्रहरी चौकी जनकपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले जि.कैलाली भजनी न.पा. ८ स्थित अन्दाजी रु. २४,९५०।- बराबरका चिनी, पलास्टिक, ललीपप, चुरन, बेसनको पिठो, नमकीन, पलास्टीकको डोरी, भाडा धुने जाली, मैदा, पलास्टीकको प्लेट, स्प्राईट र कोकाकोला बेवारीसे अवस्थामा फेला पारी बरामद सत्ति भन्सार कार्यालय कैलालीमा बुझाईएको होसोहि दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जि. कैलाली धनगढी उप-महानगरपालिका ३ बडरा स्थित भारतबाट भन्सार छलि ल्याएको अन्दाजी रु. ४०,०००।- बराबरको चिनि, खजाना, साईकलको ट्युब र चक्लेट बेबारीसे अवस्थामा फेला पारी  बरामद गरी  प्रहरीले कैलाली भन्सार कार्यालयमा बुझाईएको हो ।यसै गरि मिति २००८०/०१/०५ गते ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले जि.कैलाली कैलारी गा.पा. ३ स्थित भारतबाट भन्सार छली गरि ल्याएको अन्दाजी ६० के.जि. बोईलर कुखुरा वेवारिसे अवस्थामा फेला पारी बरामद गरी कैलाली भन्सार कार्यालयमा बुझाईएको ।

लागुऔषध औषध सहित मानिस पक्राउ
२०८०-०१-०५

डडेल्धुरा- मिति २०८०।०१।०४ गतेको  जिल्ला प्रहरी कार्यालय डडेल्धुरावाट खटिएको प्रहरी टोलीले  जिल्ला डडेल्धुरा अमरगढी न.पा. २ स्थित कैलपाल किराना पसल संचालन गरी बस्ने बर्ष ४८ को टेक बहादुर ऐरको साथबाट ११ ग्राम लागुऔषध चरेस  फेलापारी निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।कैलाली- सोहि दिन प्रहरी चौकी गेटा कैलालीवाट खटिएको प्रहरी  टिलीले  जि.कैलाली गोदावरी न.पा. ५ स्थित जि.कैलाली गोदावरी न.पा. ७  बस्ने बर्ष २८ को पदम साउँदले चलाएको प्रदेश २-०३-००५ प ८२२५ न. को मो.सा. को पछाडी सवार जि.कैलाली गौरीगंगा न.पा. ५ बस्ने बर्ष ३१ को नारायण साउँदकोको शंका लागी  चेकजाँच गर्दा निजको साथबाट  proxyband spas नामक ट्याबलेट थान १६ वटा र ४ ग्राम ८३० मिलीग्राम लागुऔषध खैरोहिरोईन फेलापारी बरामद गरी उक्त मो.सा. सहित निजहरुलाई  प्रहरीले नियन्त्रणमा  लिएको  हो । कञ्चनपुर- यसै गरि सोही दिन  ईलाका प्रहरी कार्यालय बेलउरी कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर बेलौरी न.पा. ७ स्थित जिल्ला कञ्चनपुर बेलौरी न.पा. १० कलकत्ता बस्ने बर्ष १९ को छिद्दु रानाले चलाएको सु.प.प्र०१-०१०प. २४७६  नम्बरको मो.सा.मा पछाडी सवार जिल्ला कञ्चनपुर बे.न.पा. ६ रिछाहा बस्ने वर्ष १८ को जयसिंह राना र ऐ.ऐ. बस्ने वर्ष १८ को जितराज राना लाई  शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट  ५ ग्राम २ मिलिग्राम खैरोहेरोईन फेला पारी मोटरसाईकल समेत निजहरु लाई प्रहरीले नियन्त्रणमा  लिएको  हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

भन्सार छली गरि ल्याएका अबैध सामान बरामद
२०८०-०१-०४

कञ्चनपुर- मिति २०८०/०१/०३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत अस्थाई प्रहरी पोष्ट बनसाहबाट खटिएको प्रहरी टोलिले जि.कञ्चनपुर शुक्लाफाटा न.पा.१२ दोबाह स्थित अन्दाजी रु. ९४,३२०।- बराबरको चिनि, बिडि र नम्बर नखुलेको सुपर स्पेलेण्डर मो.सा बेवारिसे अवस्थामा फेला पारी बरामद गरी अवश्यक कारवाहिको लागी प्रहरीले कञ्चनपुर भन्सार कार्यालयमा बुझाईएको हो ।कैलाली- यसै गरि मिति २०८०।०१।०४ गते अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीवाट खटिगएको प्रहरी टोलीले धनगढी उ.म.न.पा. १० सिमघाट स्थित भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी रु.७,०००।- बराबरको वोईलर कुखुरा बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीका लागी कैलाली भन्सार कार्यालयमा बुझाईएको हो ।

लागुऔषध सहीत मानिस पक्राउ
२०८०-०१-०४

कैलाली- मिति २०८०/०१/०३ गते ईलाका प्रहरी कार्यालय भजनी कैलालीवाट खटिएको प्रहरी टोलीले भजनी न.पा. ५ स्थित ऐ.३ बस्ने बर्ष १८ को कमल चौधरीलाई शंका लागी चेकजांच गर्दा निजको साथ बाट ३ ग्राम ८० मिलीग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले  पक्राउ गरेको हो  । कञ्चनपुर- सोहि दिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिगएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ४ स्थित ऐ. ३ बस्ने बर्ष २५ को निराजन बोहरालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ०.१७ मिलिग्राम लागुऔषध खैरोहेरोईन र नगद रु.१४,०००।- समेत फेला पारी निजलाई प्रहरीले पक्राउ गरेको  हो । यस  सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

अधिक लोड >>
कम देखाउनुहोस् <<